एकीकृत समाजवादीका सुर्खेत अध्यक्षसहित ६५ जना एमालेमा फर्किए « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एकीकृत समाजवादीका सुर्खेत अध्यक्षसहित ६५ जना एमालेमा फर्किए


६ भाद्र २०८०, बुधबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) सुर्खेतका अध्यक्ष मोहन बडुवालसहित ६५ जना नेता तथा कार्यकर्ताहरू नेकपा एमालेमा फर्किएका छन्।

बुधबार उनीहरूलाई नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्वागत गरेका हुन्।

एमालेमा फर्किनेहरूमा बडुवाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटीका धेरैजसो पदाधिकारीहरू पनि रहेका छन्।

बडुवाल एमाले र माओवादी मिलेर बनेको नेकपा हुँदा सुर्खेत जिल्ला कमिटी सचिव थिए। नेकपा एमाले विभाजन हुँदा उनी माधव नेपालको नेतृत्व पक्षमा उभिएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस