इजिप्टमा भेटियो कोरोनाको नयाँ भेरियन्ट « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

इजिप्टमा भेटियो कोरोनाको नयाँ भेरियन्ट


६ भाद्र २०८०, बुधबार


काठमाडौँ । इजिप्टमा कोरोना भाइरसको नयाँ भेरियन्ट इजी.५.२ भेटिएको छ । इजिप्टको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालै कोरोनाका दुईवटा केस भेटिएको पुष्टि गर्दै विज्ञप्ति जारी गरेको छ ।

मन्त्रालयका अनुसार संक्रमित दुई जनामै सामान्य लक्षण देखिएको छ । उनीहरूलाई कोभिड १९ को नयाँ भेरियन्ट पुष्टि भएसँगै अन्य नागरिकहरूलाई बुस्टर डोज लगाउन मन्त्रालयले आग्रह गरेको छ ।

श्वासप्रश्वास सम्बन्धी रोगको पहिचानको लागि देशभरका ४५० अस्पतालहरूले पठाएको रिपोर्ट जाँच गर्दा दुई जनामाथि नयाँ भेरियन्ट पुष्टि भएको हो । इजी.५.२ ओमिक्रोन भेरियन्टको अंश हो । यसको पहिलो केस फेब्रुअरिमा पुष्टि भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस