भारत भ्रमणमा रहेका सीके राउत पुगे भाजपाको मुख्यालय « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भारत भ्रमणमा रहेका सीके राउत पुगे भाजपाको मुख्यालय


६ भाद्र २०८०, बुधबार


काठमाडौँ । सत्तारुढ जनमत पार्टीका अध्यक्ष सीके राउत भाजपाको मुख्यालय नयाँ दिल्लीमा पुगेका छन् । भाजपाका विदेश विभाग इन्चार्ज विजय चौथाईवालेसँग उनी र उपाध्यक्ष दीपक साहले बुधबार दिउँसो भेट गरेका हुन् ।

साहले भाजपा नेताहरूसँग पार्टी-पार्टी सम्बन्ध आदानप्रदानका कुराहरू भएको बताए । यसअघि पनि भाजपासँग आफूहरूको सम्बन्ध रहँदै आएको उनले बताए ।

भाजपाले ट्विट गर्दै जनमत पार्टी अध्यक्षसँग दुई पार्टीबीचको सम्बन्ध आदानप्रदान, बिस्तार तथा घनिष्ठता वृद्धि गर्दै जाने बारेमा छलफल भएको जानकारी दिएको छ । उसले राउत र भाजपा नेता चौथाईवालेको तस्बिर समेत राखेको छ ।

मङ्गलवार दिल्ली उडेका राउत र साह बिहीबार फिर्ने कार्यक्रम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस