६१ लाख हिनामिना गरेको आरोप लागेका वडा सचिवले पाए सफाइ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

६१ लाख हिनामिना गरेको आरोप लागेका वडा सचिवले पाए सफाइ


६ भाद्र २०८०, बुधबार


काठमाडौँ । विशेष अदालत काठमाडौँले गोरखाका एक वडा सचिवसहित चारजनालाई सफाइ दिएको छ।

सामाजिक सुरक्षा कोषको ६१ लाख हिनामिनाको अभियोग लागेका वडा सचिव दीपक बहादुर दर्जीसहितले सफाई पाएका हुन् ।

गोरखाको साविक हंशपुर र मुच्चोक गाविस हाल अजिरकोट गाउँपालिकाको वडाको ३ र ५ मा कार्यरत तत्कालीन गाविस सचिव एवं वडासचिव दर्जीसहित चारजना विरुद्ध लागेको रकम हिनामिनाको अभियोगमा विशेष अदालतले बुधबार सफाइ दिएको हो।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल एवं न्यायाधीशहरू शालिग्राम कोइराला र खुशीप्रसाद थारुको इजलासले अभियोग दाबी नपुग्ने ठहर गरेको हो।

रकम हिनामिना गरेको उजुरी परेपछि अख्तियारले छानबिन गरेर दर्जीसहित हंशपुर गाविसका तत्कालीन हेल्थ असिस्टेन्ड सुरेश दवाडी, तत्कालीन कार्यालय सहयोगी विशाल विक र साविक मुच्चोकको गाविसका अहेब चन्द्रकान्त सुवेदीविरुद्ध २०७८ फागुन ३० मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस