भारतले पठाएको चन्द्रयान-३ चन्द्रमाको सतहमा अवतरण गर्दै « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

भारतले पठाएको चन्द्रयान-३ चन्द्रमाको सतहमा अवतरण गर्दै


६ भाद्र २०८०, बुधबार


काठमाडौँ । भारतले चन्द्रमामा पठाएको चन्द्रयान–३ चन्द्रमाको सतहमा अवतरण गर्दैछ । चन्द्रमाको सतहको ज्यादै नजिक पुगेको भनिएको यानमा अहिलेसम्म कुनै समस्या नरहेको र भारतीय समय अनुसार आज बुधबार साँझ ६ बजेर ४ मिनेट जाँदा यान चन्द्रमाको सतहमा अवतरण गराइने भारतीय अन्तरिक्ष संस्था ई सरोलाई उद्धत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बीबीसीले, ‘यदि चन्द्रयान-३ सफलतापूर्वक अवतरण भएमा भारत चन्द्रमाको दक्षिणी ध्रुवमा सफलता प्राप्त गर्ने पहिलो राष्ट्र बन्नेछ ।’ लेखेको छ ।

यसको उद्देश्य पानीको सम्भावनासहितको बरफको खोजी हो र त्यसले चन्द्रमामा मानिसको बसोबासको सम्भावनालाई सहयोग गर्ने ठानिएको छ ।

यानको सफल अवतरणका लागि गति ज्यादै सुस्त बनाइएको छ । चन्द्रमाको दक्षिणी भागमा यानलाई अवतरण गराउन लागिएको हो । चन्द्रयान–३ सफल अवतरण भयो भने चन्द्रमाको दक्षिणी भागमा कुनै पनि यानको अवतरण पहिलो हुनेछ ।अवतरणका लागि यानको गति प्रति सेकेण्ड एक देखि दुई मिटरमा सीमित गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस