पर्यटनमन्त्री सुदन किराँतीलाई पितृ शोक « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पर्यटनमन्त्री सुदन किराँतीलाई पितृ शोक


६ भाद्र २०८०, बुधबार


काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई पितृ शोक परेको छ । 

बुधबार बिहान समाजिक सञ्जाल मार्फत उनले आफ्नो बुवाको निधन भएको जानकारी दिएका हुन् । 

उनले लेखेका छन् ‘भखरै बुवाले धोका दिनुभयो ! आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो ! उप्रान्त बुबा आमा त रहनु भएन रह्र्यो त केवल  खिची छोडेको तस्बिर आँखामा । पितृत्व र मातृत्व छाती भित्र । आज बाट हामी पूर्ण रूपमा टुहुरो भयौं तर कर्तव्य बाट टुहुरो बन्न मिल्दै मिल्दैन साह्रा नेपाली मेरो आमा बुवा हुन बाँकि जीवन उहाँहरूको सेवामा लगाउने छु । निःशब्द छु तर भन्न बाध्य छु बुबा हार्दिक श्रद्धाञ्जली ! 

तस्बिर : आमा, बुबा, दिदी र म – ब्रुनाई 

बुवाले फोटोको पछाडि लेख्नु भएको छ मिति – २०३७/११/१०’

उनले आजबाट आफूहरू पूर्ण रूपमा टुहुरो भएको भन्दै दुख व्यक्त गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस