८० अधिकृत प्रमुख प्रशासकीय अधिकृतमा पदस्थापन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

८० अधिकृत प्रमुख प्रशासकीय अधिकृतमा पदस्थापन


५ भाद्र २०८०, मंगलबार


काठमाडौँ । ८० जना नवनियुक्त शाखा अधिकृतहरू प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको छ  । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मङ्गलवार(आज) मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापित नवनियुक्त अधिकृतहरूलाई विभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा पठाएको हो । 

शतप्रतिशत अधिकृतहरूलाई स्थानीयमा पठाउने मन्त्रालयको निर्णय सुधारको निरन्तरता भएको मन्त्रालयको भनाई छ । यसअघि सोर्सफोर्सका एकाधलाई टपक्क टिपेर माथि राख्ने र पावर नहुनेहरूलाई मात्रै तलतिर पठाउने गरेकोमा अहिले मोलाहिजा नहेरिएको एक सहसचिवको भनाई छ । 

लोक सेवा आयोगकै योग्यता क्रमका आधारमा रिक्त दरबन्दीमा कर्मचारी खटाइएको र कायम निमित्त आतङ्क निमिट्यान्न गरिन लागेको मन्त्रालयका अर्का एक उपसचिवले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस