प्रधान न्यायाधीश श्रेष्ठको शपथग्रहण समारोहमा नबोलाएकोमा उपसभामुखको असन्तुष्टि « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रधान न्यायाधीश श्रेष्ठको शपथग्रहण समारोहमा नबोलाएकोमा उपसभामुखको असन्तुष्टि


५ भाद्र २०८०, मंगलबार


काठमाडौँ । नवनियुक्त प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको शपथग्रहण समारोहमा नबोलाएको भन्दै प्रतिनिधि सभाको उपसभामुख इन्दिरा रानामगरले असन्तुष्टि जनाएकी छन् ।

राष्ट्रपति कार्यालयले नबोलाएपछि उपसभामुख रानामगरले असन्तुष्टि जनाएकी हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा श्रेष्ठलाई शपथग्रहण गराउँदै छन् । यसअघिका शपथहरूमा राष्ट्रपति कार्यालयले उपसभामुखलाई बोलाउने प्रचलन थियो । तर यसपटक कुनै पत्र नआएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस