२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय वाणिज्य बैंकको कार्ड होल्डरहरूलाई ओम हस्पिटलको उपचारमा विशेष छुट

अ+ अ-

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि चाबहिल बीच बैंकका डेबिट-क्रेडिट कार्ड होल्डरहरूलाई हस्पिटलमा उपचार गर्दा विशेष छुट दिने सम्बन्धमा सोमबार सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र ओम हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले हस्ताक्षर गर्नुभएको छ । उक्त सम्झौता भएपश्चात् बैंकका डेबिट-क्रेडिट कार्ड भएका ग्राहकहरू तथा बैंकका कर्मचारी र कर्मचारीका परिवारलाई हस्पिटलको ओपिडी सेवा, बेड भर्ना, ल्याब टेस्ट, अपरेसन, प्याथोलोजी, फार्मेसी, विभिन्न टेस्ट, डेन्टल सेवा लगायतको अन्य उपचार सेवामा विशेष छुट दिने व्यवस्था मिलाइएको छ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले पुरानो र प्रतिष्ठित ओम हस्पिटलमा बैंकका कार्डहोल्डर ग्राहकहरूले उपचारमा छुट पाउनु सकारात्मक भएको बताउनुभयो । उहाँले दुवै संस्थाले एक अर्कामा आफ्नो सेवा सहुलियत दरमा उपलब्ध गराउन सकिने सम्भावना रहेको बताए । हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले निरन्तर स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको ओम हस्पिटलले एकै छानामुनी आकस्मिक उपचार देखी सघन उपचार अनि पेन मेडिसिन लगायत अन्य ३७ वटा भन्दा बढी विषयहरूमा विशेषज्ञता सेवा उपलब्ध गराउँदै आइरहेको र सो सेवा राष्ट्रिय वाणिज्य बैङ्कसँग सहकार्यगरी अगाडि बढ्न पाउँदा खुशी लागेको कुरा बताए ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको र कार्यक्रम डिजिटल बैंकिङ्ग विभागका विभागीय प्रमुख रिको स्थापितले सञ्चालन गरेका थिए ।

समारोहमा हस्पिटलका विजनेश डेभलपमेन्ट म्यानेजर विनोद अधिकारी, बैंकका उपकार्यकारी अधिकृतहरू विमल डङ्गोल, दुर्गाकुमारी कँडेल, विभागीय प्रमुखहरू आनन्द सुवेदी, अच्युत गौतम, वरिष्ठ प्रबन्धक गगनसिंह घिमिरे, प्रबन्धक हेमन्त जि.सी. प्रबन्धक राजेश मानन्धर, सहायक प्रबन्धक ईश्वर उप्रेतीको उपस्थिति रहेको थियो । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २८२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।