पूर्वप्रधानमन्त्री सिनावात्रालाई ८ वर्षको जेल सजाय « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

पूर्वप्रधानमन्त्री सिनावात्रालाई ८ वर्षको जेल सजाय


५ भाद्र २०८०, मंगलबार


ब्याङ्कक । थाइल्याण्डको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई आठ वर्षको जेल सजाय सुनाएको छ ।

नेता सिनावात्रालाई उनको अनुपस्थितिमा अदालतले तीन वटा अभियोगमा दोषी ठहर गर्दै आठ वर्षको कारावासको सजाय आज सुनाएको हो । 

नेता सिनावात्रामाथि सत्तामा रहँदा शक्तिको दुरुपयोग गरेको, गैरकानूनी रूपमा सरकारी ब्याङ्कलाई विदेशी ऋण जारी गर्न आदेश दिएको तथा मनोनीत व्यक्तिमार्फत अवैध रूपमा शेयर राखेको कसूरमा दोषी ठहर्‍याइएको अदालतले जनाएको छ । 

थाइल्याण्डको विभाजनकारी नेताको उपमा पाएका सिनावात्रा १५ वर्षका निर्वासित जीवनपछि स्वदेश फर्केको केही घण्टामा नै जेलमा परेका छन् । 

पूर्वप्रधानमन्त्री थाक्सिनको राजनीतिक दल फेद थाईका सदस्य एवं धनाढ्य व्यापारी श्रेथा थाविसिनलाई प्रधानमन्त्रीका रूपमा चयन गर्ने तयारी भएका बेला अदालतबाट कारावासको सजाय भएको छ ।

चौहत्तर वर्षीय थाक्सिनलाई अदालतले जेल सजाय सुनाए पनि उनी कति दिन बन्दी बन्ने भन्ने स्पष्ट नभएको अधिकारीहरूले बताएका छन् ।  

Tags :
प्रतिक्रिया दिनुहोस