नेकपा एसको केन्द्रीय समिति बैठक सुरु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेकपा एसको केन्द्रीय समिति बैठक सुरु


५ भाद्र २०८०, मंगलबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक सुरु भएको छ ।

ललितपुरको बालकुमारीस्थित एक पार्टी प्यालेसमा आजदेखि सुरु भएको बैठक तीन दिनसम्म चल्ने छ ।

नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभारका विषयमा छलफल हुने जानकारी दिए ।

नेकपा एकीकृत समाजवादीले आगामी माघमा राष्ट्रिय महाधिवेशनको तयारी गरेकाले त्यसबारे पनि बैठकमा छलफल हुने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस