वैदेशिक रोजगार विभागद्वारा कार्यालय प्रवेश गर्न परिचयपत्र अनिवार्य « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

वैदेशिक रोजगार विभागद्वारा कार्यालय प्रवेश गर्न परिचयपत्र अनिवार्य


४ भाद्र २०८०, सोमबार


काठमाडौँ । वैदेशिक रोजगार विभागको कार्यालय जाँदा अनिवार्य रूपमा आफ्नो परिचय खुल्ने कागजात साथमा लानु पर्ने भएको छ ।

विभागभित्र अनधिकृत व्यक्तिहरू प्रवेश गरी भिडभाड गर्दा सेवा प्रवाहमा समस्या भएको भन्दै विभागले अब परिचय पत्र अनिवार्य गरेको जनाएको छ । 

सेवा प्रवाहमा सहजीकरण तथा अन्य कामको सिलसिलामा विभागको प्रशासनिक भवनभित्र प्रवेश गर्दा म्यानपावरका सञ्चालक वा प्रतिनिधिले अनिवार्य रूपमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले जारी गरेको परिचयपत्र लगाउन पर्ने छ ।

यस्तै अरू व्यक्तिहरूले भने आफ्नो परिचय खुल्ने कागजात देखाउन पर्ने विभागले सूचना जारी गरेको छ ।

काठमाण्डौको बुद्धनगरमा रहेको वैदेशिक रोजगार विभागको कार्यालय गएको असारदेखि ताहाचलमा सरेको छ ।

पछिल्लो समय विभागको भवनमा अनावश्यक व्यक्तिहरू प्रवेश गरी सेवा प्रवाहमा समस्या भएको भन्दै विभागले यस्तो नियम लगाएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस