फेरि कानूनी बाटो प्रयोग गर्छौँ : मुख्यमन्त्री कार्की « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

फेरि कानूनी बाटो प्रयोग गर्छौँ : मुख्यमन्त्री कार्की


४ भाद्र २०८०, सोमबार


काठमाडौँ । पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले अदालत जाने बताएका छन्।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा संविधानको उल्लङ्घन गरेको जनाउँदै पूर्व मुख्यमन्त्री कार्कीले अदालत जाने बताएका हुन् ।

मुख्यमन्त्री थापाले सोमबार कोशी प्रदेशबाट विश्वासको मत लिएका छन्। विश्वासको मत लिँदा सभाध्यक्ष इस्त्राइल मन्सुरीले पनि मत दिएका थिए। सभाध्यक्षको मत जोडेर ४७ पुगेको थियो।

संवैधानिक व्यवस्था अनुसार सभाध्यक्षले मत बराबर भएको अवस्थामा मात्रै निर्णायक मत दिन पाउँछन्। कोशी प्रदेश सभामा विश्वासको मत दिलाउन सभाध्यक्षलाई पनि मतदान गर्न लगाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले विरोध जनाएको छ। प्रदेश सभा बैठकमा पनि एमाले सांसदले विरोध जनाएका थिए।

प्रदेश सभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै एमाले संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदा संविधानको उल्लङ्घन भएको बताए। “संविधान र कानूनको उल्लङ्घन भएको छ, यसमा हाम्रो आपत्ति छ,” कार्कीले भने, “हामी संविधान र कानूनको बाटो प्रयोग गर्छौँ।”

Tags :
प्रतिक्रिया दिनुहोस