प्रमुख दलका शीर्ष नेताको बैठक जारी « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

प्रमुख दलका शीर्ष नेताको बैठक जारी


४ भाद्र २०८०, सोमबार


काठमाडौँ । संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलको बैठक सुरु भएको छ । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताहरू सहभागी छन् ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङलगायत नेता सहभागी भएका छन् ।

यसअघि आइतबार बसेको राष्ट्रिय मान्यताप्राप्त दलको बैठक विना निष्कर्ष सकिएको थियो । उक्त बैठकमा नेकपा एमालेका तर्फबाट उपाध्यक्ष सुवास नेम्वाङ सहभागी थिए । सोमबारको बैठकमा भने अध्यक्ष ओली नै सहभागी भएका छन् ।

बैठकमा १९ साउनदेखि नेकपा एमालेले गरिरहेको संसद अवरोध खुलाउने विषयमा छलफल हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस