प्रधान न्यायाधीश श्रेष्ठको शपथ भोलि « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

प्रधान न्यायाधीश श्रेष्ठको शपथ भोलि


४ भाद्र २०८०, सोमबार


काठमाडौँ । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको शपथ मङ्गलवार हुने भएको छ।

राष्ट्रपतिको सचिवालयका अनुसार मङ्गलवार दिउँसो १ : ४५ बजे श्रेष्ठको शपथ हुने छ।

संसदीय सुनुवाइ समितिले प्रधान न्यायाधीश पदमा सिफारिस भएका श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेसँगै उनको शपथ हुने भएको हो।

सिंहदरवारस्थित संघीय संसद सचिवालयमा भएको सुनुवाइपछि श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस