कोशीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

कोशीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत


४ भाद्र २०८०, सोमबार


काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन्। सोमबारको प्रदेश सभा बैठकबाट मुख्यमन्त्री थापाले विश्वासको मत लिएका हुन्।

कोशीमा ९३ जना सांसद छन्। तर सोमबारको प्रदेश सभा बैठकमा भने ७७ जना सांसद मात्रै उपस्थित रहेका थिए। नेकपा एमाले र राप्रपाका केही सांसद आजको बैठकमा अनुपस्थित रहेका थिए।

मुख्यमन्त्री थापाका पक्षमा ४७ जनाले मत दिए भने विपक्षमा ३० जना सांसदले मत दिएका छन्।

मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गरेको आजको बैठक सञ्चालन गरेका ज्येष्ठ सदस्य इस्राइल मन्सुरीले घोषणा गरे।

Tags :
प्रतिक्रिया दिनुहोस