शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका दुई एसएसपीको जिम्मेवारी खोसियो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका दुई एसएसपीको जिम्मेवारी खोसियो


४ भाद्र २०८०, सोमबार


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुखको जिम्मेवारी खोसिएको छ ।

गृह मन्त्रालयले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसी र काठमाडौँ प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको हो ।

केसीको ठाउँमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा रहेका एसएसपी सोमेन्द्रसिंह राठौरलाई पठाइएको छ भने काठमाडौँ प्रहरी परिसर, टेकुमा एसएसपी भूपेन्द्र खत्रीलाई पठाइएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयका एसएसपी सानुराम भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा पठाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस