संविधानको हुर्मत नलिन गठबन्धनलाई एमालेको चेतावनी « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

संविधानको हुर्मत नलिन गठबन्धनलाई एमालेको चेतावनी


४ भाद्र २०८०, सोमबार


काठमाडौँ । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण रेवतीरमण भण्डारीले संविधान र कानूनको हुर्मत नलिन सत्ता गठबन्धनलाई चेतावनी दिएका छन् ।

जारी प्रदेश सभामा बैठकमा बोल्दै उनले सत्तागठबन्धनले संविधानको धेरै पटक हुर्मत लिएकोले अब पनि हुर्मत लिने दुस्साहस नगर्न चेतावनी दिएका हुन् । यसलाई एमालेले सामान्य रूपमा नलिने भण्डारीको भनाइ थियो ।

सभाको अध्यक्षता गरिरहेका प्रदेशसभा सदस्यलाई विश्वासको मतको पक्षमा मतदान दिन लगाउने प्रयास भइरहेको भन्दै प्रदेश सभाको ध्यानाकर्षणसमेत गराएका छन् ।

‘आज पनि संविधान र कानूनको हुर्मत लिन खोजिएको संकेत आउँदै छ यदि यस्तो गरे एमालेले अर्कै स्टेप चाल्छ । प्रदेश संरचनामाथि उत्पन्न परिस्थितिको जिम्मा लिन म आग्रह गर्छु ।’

मुख्यमन्त्री थापाले शपथ ग्रहण गर्दा निवर्तमान मुख्यमन्त्रीको कुर्सिसमेत नराखेर असहिष्णु व्यवहार देखाएको भन्दै भण्डारीले टिप्पणी गरे । सभामुखलाई सरकार गठनमा सहभागी गराएर संविधानको खिल्ली उडाएको इतिहासले कहिल्यै नबिर्सिने उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस