सर्‍यो प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक « प्रशासन
Logo २३ आश्विन २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सर्‍यो प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक


४ भाद्र २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको सर्वदलीय बैठक सरेको छ । संसद् गतिरोध अन्त्य गर्नका लागि ४ बजेका लागि बोलाइएको बैठक साँझ ७ बजेको लागि सारिएको हो ।

प्रधानमन्त्री ‘प्रचण्ड’ सुर्खेत पुगेकाले मौसम खराबीका कारण फर्किन ढिलाइ हुँदा बैठकको समय परिवर्तन गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग गर्दै निरन्तर संसद् अवरोध गरिरहेको छ ।

तर, सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छानबिन गरेर निष्कर्षमा पुर्‍याउने भन्दै प्रतिपक्षी दलको माग तत्काल पुरा गर्न नसकिने जनाउँदै आएको छ ।

सरकार र प्रतिपक्षी दुवै दल आ-आफ्ना अडानमा कायमै राखेपछि साउन १० गतेदेखि संसद् चल्न सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस