उपप्रधानमन्त्री खड्का र दिनेश थपलियाबीच निर्वाचनसम्बन्धी छलफल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

उपप्रधानमन्त्री खड्का र दिनेश थपलियाबीच निर्वाचनसम्बन्धी छलफल


४ भाद्र २०८०, सोमबार


काठमाडौँ । उपप्रधान एवम् रक्षा मन्त्री पूर्णबहादुर खड्का र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपिलयाबीच भेट भएको छ।

भेटमा निर्वाचनसम्बन्धी आवश्यक कानुनबारे छलफल भएको उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ। उनीहरुबीच प्रदेश र स्थानीय तहमा रिक्त भएका स्थानमा उपनिर्वाचन गर्ने विषयमा पनि छलफल भएको थियो।

हाल प्रदेशसभातर्फ सुदूरपश्चिम प्रदेशको बझाङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ प्रदेशसभा ‘क’ रिक्त छ भने यस्तै विभिन्न स्थानीय तहमा १८ पद रिक्त छन्।

हाल कैलाली जिल्ला समन्वय समिति प्रमुखको स्थान रिक्त छ भने दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष, दोलखा गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्ष र विभिन्न स्थानका १५ जना वडा अध्यक्षको पद रिक्त छ।

Tags :
प्रतिक्रिया दिनुहोस