‘दुर्गममा कर्मचारी बस्न नचाहने प्रवृतिप्रति गम्भीर छु , समाधानका लागि ठोस पहल गर्छु’ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

‘दुर्गममा कर्मचारी बस्न नचाहने प्रवृतिप्रति गम्भीर छु , समाधानका लागि ठोस पहल गर्छु’


४ भाद्र २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले, दुर्गममा कर्मचारी बस्न नचाहने प्रवृतिप्रति आफू गम्भीर रहेको बताएका छन् ।

कर्णाली प्रदेश स्थापना तथा शहीद दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीय सरकारले पनि त्यस विषयमा ध्यान दिन नसकेको भन्दै अब यो समस्या समाधानका लागि आफूले ठोस पहल गर्ने बताएका हुन् ।

‘संघीय सरकारले पनि पर्याप्त ध्यान नदिँदा प्रदेश सरकारका काम कारबाहीहरू प्रभावित भएको भन्ने यहाँहरूको गुनासोलाई मैले गम्भीरतापूर्वक लिएको छ,’उनले भने, ‘आगामी दिनमा यो समस्याको उचित सम्बोधनका लागि आवश्यक पहल लिने विश्वास पनि दिलाउँछ ।’

त्यस्तै बेरोजगारीको अन्त्य गरी गरिबी निवारण तथा आर्थिक रूपान्तरणका लागि कर्णाली प्रदेश सरकारको समृद्धि अभियानलाई संघीय सरकारको पूर्ण साथ र सहयोग रहने उनको प्रतिबद्धता छ ।

उनले भने, ‘कर्णालीको विकासलाई मैले सधैँ प्राथमिकतामा राख्दै आएको छ, आगामी दिनमा समेत नीति, कार्यक्रम र बजेटमा यस प्रदेशलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

अथाह प्राकृतिक साधनस्रोत हुँदाहुँदै पनि भौतिक पूर्वाधारको अभाव, पूर्वाधार विकासमा भौगोलिक चुनौती एवं आर्थिक स्रोत परिचालनको अभाव, कर्मचारी परिचालन र व्यवस्थापनमा चुनौतीजस्ता विषयहरू कर्णालीका गम्भीर समस्या भएको उनको तर्क छ ।

Tags :
प्रतिक्रिया दिनुहोस