उपसभामुख काठमाडौँ हिँडेपछि कोशी प्रदेश बैठक अनिश्चित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

उपसभामुख काठमाडौँ हिँडेपछि कोशी प्रदेश बैठक अनिश्चित


४ भाद्र २०८०, सोमबार


काठमाडौँ । ‘अचानक बिरामी’ परेको भन्दै उपसभामुख सिर्जना दनुवार काठमाडौँ हिँडेपछि कोशी प्रदेश सभाको बैठक अनिश्चित बनेको छ । सभा बैठकबारे निर्णय गर्न सोमबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक बिना निष्कर्ष टुङ्गिएको हो ।

मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक १ बजे बस्ने गरी बोलाइएको छ । नेपाली काँग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक पुनः बसेर सहमतिका लागि प्रयास गरिने बताए ।

यता, नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता इन्द्र आङ्बोले संसद् बैठक स्थगित हुन सक्ने बताए । विश्वासको मत लिने दिन नेकपा एमालेले उपसभामुख दनुवारलाई अनुपस्थित गराउने आशङ्काबी उपसभामुख बिरामी परेको भन्दै उपचारका लागि काठमाडौँ हिँडेकी छन् । बैठक छलेर उपसभामुख दनुवार बिहान ७ बजेको यति एयरलाइन्सको फ्लाइटबाट उनी काठमाडौँ लागेकी छन् । 

दनुवारले आफ्नो अनुपस्थितिमा कोशी प्रदेश सभा नियमावली २०७४ ९पहिलो संशोधन २०७५० को नियम ११ को उपनियम (१) बमोजिम सभामुख र उपसभामुखको अनुपस्थित भएको अवस्थामा बैठकको अध्यक्षता गर्न यस अघि नै सभामुखबाट मनोनीत चार जना सदस्यमध्ये नेपाली काँग्रेसका इस्माइल मन्सुरीलाई बैठक सञ्चालन गर्ने जिम्मेवारी दिएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस