रसुवामा दुई किलो सुन बरामद « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

रसुवामा दुई किलो सुन बरामद


३ भाद्र २०८०, आइतबार


काठमाडौँ । प्रहरीले रसुवामा दुई किलो सुन बरामद गरेको छ ।

नियमित चेकजाँचका क्रममा चेस्ट गार्डभित्र लुकाएर ल्याएको दुई किलो सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । 

शनिबार बेलुका भएको चेकिङमा शङ्का लागेर चेक गर्दा टिमुरेबाट स्याफ्रुवेशी गइरहेका २४ वर्षीया सुदीप शेर्पा पक्राउ परेका थिए । उनलाई त्यो सुन टिमुरीका फुर्साङ्बु शेर्पाले दिएको जानकारी पछि शेर्पालाई पनि पक्राउ गरिएको प्रहरीको भनाई छ ।

बरामद सुन काठमाडौँ ल्याउन लगिएको खुलेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस