संसद्को अवरोध हटाउन सभामुखद्वारा दलका प्रमुख सचेतकसँग छलफल सुरु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

संसद्को अवरोध हटाउन सभामुखद्वारा दलका प्रमुख सचेतकसँग छलफल सुरु


३ भाद्र २०८०, आइतबार


काठमाडौँ । संसद्को अवरोध खुलाउन सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतक र सचेतकसँग छलफल सुरु भएको छ ।

बैठकमा सत्तापक्षबाट नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक र प्रमुख सचेतक छन् ।

प्रतिनिधि सभा बैठक आजै दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै नेकपा एमालेले संसद् अवरोध गर्दै आएको छ ।

सरकार समिति गठनको पक्षमा नहुँदा अझै कुरा मिल्न सकेको छैन । सदनको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि अहिले राष्ट्रिय मान्यताप्राप्त दलहरूसँग छलफल गर्दैछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस