स्वास्थ्य परीक्षण गराएर फर्किए राष्ट्रपति पौडेल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

स्वास्थ्य परीक्षण गराएर फर्किए राष्ट्रपति पौडेल


३ भाद्र २०८०, आइतबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य परीक्षण गराएर फर्केका छन् ।

राष्ट्रपति पौडेलले महराजगञ्जस्तिथ त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथेराकि भास्कुलर ट्रास्सप्लान्ट सेन्टरमा नियमित परीक्षण गराएका हुन् ।

आइतबार बिहान मुटुको परीक्षणका लागि राष्ट्रपति पौडेल अस्पताल गई फर्किसकेको पौडेलको सचिवालयले जनाएको छ ।

मुटुको उपचारका लागि झण्डै दुई साता अस्पताल भर्ना भई राष्ट्रपति पौडेल १३ असारमा डिस्चार्ज भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस