२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१५ वर्षको स्वनिर्वासनबाट स्वदेश फर्कँदै थाई पूर्वप्रधानमन्त्री सिनावात्रा

अ+ अ-

बैङ्कक । थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा मङ्गलवार स्वदेश फर्कने उनकी छोरी पेतोङतार्न सिनावात्राले बताएकी छन् ।

सन् २००६ मा भएको सैन्य ‘कू’ मा सत्ताच्युत भएका ७४ वर्षीय अर्बपतिले १५ वर्ष स्वनिर्वासनमा बिताएका छन् ।

थाक्सिनले लामो समयदेखि आफू घर फर्कन चाहेको बताउँदै आएका छन् तर उनीमाथि विभिन्न आपराधिक आरोप लागेका छन् ।

‘मङ्गलवार (अगस्ट २२) को ठीक ९ः०० बजे म आफ्ना बुबा थाक्सिनलाई डन मुआङ विमानस्थलमा स्वागत गर्नेछु,’ फेउ थाई पार्टीका तर्फबाट प्रधानमन्त्रीका प्रत्यासीमध्येकी एक उनकी छोरी पेतोङतार्न सिनावात्राले इन्स्टाग्राममा लेखेकी छन् ।

‘उहाँ यस पटक निश्चित रूपमा घर आउँदै हुनुहुन्छ’ थाक्सिनले भनेकी छन् ।

बीबीसी थाईसँग कुरा गर्दै थाक्सिनले भनेका छन्, ‘म जनताको चित्त दुखाउन चाहन्नँ । म चाहन्छु कि सबैले एक अर्कालाई माया गरून् । म देश शान्तिपूर्ण होस् भन्ने चाहन्छु ।’

उनले अगाडि थपे, ‘म बूढो भएँ, म मेरा नातिनातिनाहरूलाई सम्झन्छु, म मेरो परिवारसँग बस्न चाहन्छु ।’

थाक्सिनसम्बद्ध फेउ थाई पार्टीकी श्रेता थाभिसिनलाई प्रधानमन्त्रीका रूपमा अनुमोदन गर्ने वा नगर्ने र मे महिनामा भएको आम निर्वाचनपछि महिनौंदेखिको राजनीतिक अनिश्चितता अन्त्य गर्ने विषयमा दिउँसो हुने मतदानपूर्व उनको पुनरागमन हुनेछ ।

प्रधानमन्त्री बन्नका लागि सेरेथाले ५०० निर्वाचित सांसदको तल्लो सदन र राज्यको अन्तिमतिर सैनिक प्रशासक (जुन्टा)ले छानेको २५० सदस्यीय सिनेटमा बहुमत जुटाउनु आवश्यक छ ।

प्रोग्रेसिभ मुभ फरवार्ड पार्टी (एमएफपी) ले चुनावमा सबैभन्दा बढी संसदीय सीट जितेको थियो तर सिनेटबाट मत नपाउँदा एमएफपीले आफ्नो नेतालाई प्रधानमन्त्री बनाउन विफल भएको छ ।

फेउ थाई दोस्रो स्थानमा आएको छ र सरकार गठनको प्रयास गरिरहेका छ । उनी लामो समयदेखि विभाजनकारी व्यक्तित्व रहे पनि राजनीतिक विश्लेषकहरूले थाक सिनको उपस्थितिले विरोध प्रदर्शन सुरु हुने अपेक्षा गरेका छैनन् ।