‘माओवादी विद्रोहबारे ओलीको अभिव्यक्ति घृणास्पद, सङ्कल्पसहितको क्रान्ति पुनः आवश्यक’ « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

‘माओवादी विद्रोहबारे ओलीको अभिव्यक्ति घृणास्पद, सङ्कल्पसहितको क्रान्ति पुनः आवश्यक’


२ भाद्र २०८०, शनिबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले तत्कालीन माओवादी सशस्त्र विद्रोहबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति घृणास्पद रहेको टिप्पणी गरेका छन्।

शनिवार काठमाडौँ माआयोजित ‘२०२८ः झापा विद्रोहको अन्तर्कथा’ नामक पुस्तक विमोचन कार्यक्रममा उनले आफूलाई नेपालको कम्युनिष्ट पार्टीहरूको इतिहासबारे ओलीले दिने अभिव्यक्ति बीभत्स, डरलाग्दो र घृणास्पद लाग्ने गरेको बताएका हुन् ।

महासचिव भुसालले ओलीले मिल्दा तत्कालीन माओवादी सशस्त्र विद्रोहलाई महान् भन्ने गरेको र नमिल्दा हत्यारा र आतङ्ककारी भन्ने गरेको सुन्दा आफूलाई चित्त दुख्ने गरेको बताए। 

महासचिव भुसालले नेपालको कम्युनिष्ट आन्दोलनमा झापा विद्रोहले जनतासँग असाधारण खालको सम्बन्ध बिस्तार गरेको उल्लेख गर्दै त्यसलाई टुट्न नदिन फेरि नयाँ सङ्कल्पसहितको क्रान्ति आवश्यक रहेको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस