पुलमा झुण्डिएका व्यक्तिको रोप रेस्क्यु विधिबाट जीवितै उद्धार  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पुलमा झुण्डिएका व्यक्तिको रोप रेस्क्यु विधिबाट जीवितै उद्धार 


२ भाद्र २०८०, शनिबार


काठमाडौँ । मुग्लिन पुलमा झुन्डिएका एक व्यक्तिको सशस्त्र प्रहरीले रोप रेस्क्यु विधिबाट जीवितै उद्धार गरेको छ ।

शनिबार बिहान धादिङको निलकण्ठ नगरपालिका-६ का ४५ वर्षका कृष्ण परियार पुलमा झुण्डिएका थिए ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारले  खबर पाएपछि  ११ जनाको टोली मिलेर  उद्धार गरेको हो । परियारको हाल मुग्लिनस्थित हाइवे अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस