एसपी सुमन थपलियाको निधन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एसपी सुमन थपलियाको निधन


२ भाद्र २०८०, शनिबार


काठमाडौँ । पर्साको वीरगन्ज स्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर-१३ गणका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाको निधन भएको छ।

थपलियाको शनिबार दिउसो हृदय घात (हार्ट अट्याक) का कारण मृत्यु भएको सशस्त्र प्रहरी प्रवक्ता राजेन्द्र खड्काले बताए ।

प्रवक्ता खड्काका अनुसार नारायणी बयडा अस्पतालमा उनको निधन भएको हो । अहिले डीएसपी दिपेन्द्र शाहसहितको टोली अस्पताल गएको बताइएको छ ।

प्रवक्ता खड्काले भने, हार्ट अट्याकका कारण निधन भएको भन्ने आछ, डाक्टरले मृत घोषणा गरिसके, ‘उनले भने,‘ अहिले डीएसपी दिपेन्द्र शाहसहितको टोली अस्पताल जाँदै छ, अब पुग्यो होला, थप हामी बुझ्दै छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस