नेतृत्व वर्गमा अझै केन्द्रीकृत मानसिकता हाबी छ : विमलेन्द्र निधि « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेतृत्व वर्गमा अझै केन्द्रीकृत मानसिकता हाबी छ : विमलेन्द्र निधि


२ भाद्र २०८०, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले स्थानीय तहलाई दिएको अधिकार पनि केन्द्रीय तहबाटै निर्देशित हुनुपर्छ भन्ने मानसिकता हाबी भएको बताएका छन्।

शनिबार काठमाडौँमा काँग्रेस स्व. नेता प्रदीप गिरीको स्मृति दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले संविधानले स्थानीय तह र प्रदेश सरकारलाई अधिकार दिएको भए पनि गृहमन्त्री वा प्रधानमन्त्रीले नै अधिकार प्रयोग गर्नुपर्छ भन्ने मानसिकताबाट नेतृत्व वर्ग निर्देशित रहेको बताए।

नेता निधिले अवशिष्ट अधिकार नेतृत्वले लिनका लागि संविधानमा राख्न पहल गर्दा पनि काँग्रेसका नेताहरुले नमानेको भन्दै आपत्ति जनाए। उनले अवशिष्ट अधिकार सार्वभौम जनतामा निहित हुनुपर्ने बताए।

नेता निधिले स्व. गिरी बहुप्रतिभाशाली व्यक्ति रहेको उल्लेख गर्दै उनको जीवन राजनीतिक कर्मीका लागि प्रेरणादायी रहेको उल्लेख गरे।

Tags :
प्रतिक्रिया दिनुहोस