माओवादीले गर्‍यो पदाधिकारी र केन्द्रीय सदस्यहरूको कार्यविभाजन « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

माओवादीले गर्‍यो पदाधिकारी र केन्द्रीय सदस्यहरूको कार्यविभाजन


१ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले गणतान्त्रिक प्रगतिशील कानून व्यवसायी सङ्घको संयोजकको जिम्मेवारी पार्टी सचिव दिनानाथ शर्मालाई दिएको छ ।

केही दिन अघि सम्पन्न केन्द्रीय समिति बैठकले फ्रयाक्सन इञ्चार्जमा केन्द्रीय सदस्य कृष्णध्वोज खड्कालाई जिम्मेवारी दिने, नेपाल प्राध्यापक सङ्गठनको सह(इञ्चार्जमा केन्द्रीय सदस्य शिवराम यादवलाई दिने निर्णय पनि गरेको छ ।

यस्तै, पार्टी स्थायी समिति सदस्य अमृता थापालाई गण्डकी प्रदेशबाट बागमती प्रदेशमा, केन्द्रीय सदस्य तारा घर्तीमगरलर र अञ्जु दहितलाई लुम्बिनी प्रदेशबाट बागमती प्रदेशमा, शिवबहादुर बस्नेतलाई सम्पर्क समन्वय प्रदेशबाट कोशी प्रदेशमा, करुणा बस्नेतलाई कोशी प्रदेशबाट सम्पर्क समन्वय प्रदेशमा स्थानान्तरण गरिएको छ ।

यस्तै, वैकल्पिक केन्द्रीय सदस्य पदमराज जोशीलाई सुदूरपश्चिमबाट सम्पर्क समन्वय प्रदेशमा र पुष्प न्यौपानेलाई सुदूरपश्चिम प्रदेशबाट बागमती प्रदेशमा स्थानान्तरण गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस