बाबुराम गौतम र अशोक मण्डल माओवादी केन्द्रीय सदस्य मनोनीत « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

बाबुराम गौतम र अशोक मण्डल माओवादी केन्द्रीय सदस्य मनोनीत


१ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा २ जना सदस्य थप गरेको छ ।

केन्द्रीय कार्यालयले गरेको निर्णयअनुसार कोशी प्रदेशको सभामुखबाट राजीनामा दिएर मन्त्री बनेका बाबुराम गौतम र सप्तरीका अशोक कुमार मण्डल केन्द्रीय सदस्य मनोनीत भएका हुन् ।

गौतम र मण्डललाई केन्द्रीय सदस्य मनोनीत गरिएको पार्टीले जनाएको छ । यससँगै अब माओवादी केन्द्रीय सदस्यको संख्या ४१० नाघेको छ ।

हालै बसेको केन्द्रीय कमिटीको बैठकले विधानअनुसार महिलाको कोटा पुर्‍याउनको लागि २२ जना केन्द्रीय सदस्य थप गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस