बङ्गलादेशका ७ सय कर्मचारी नेपाल भ्रमणमा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बङ्गलादेशका ७ सय कर्मचारी नेपाल भ्रमणमा


१ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । बङ्गलादेशको एक कम्पनीले आफ्नो उद्योग भित्रका ७ सय जना कर्मचारीलाई घुमफिरका लागि नेपाल पठाएको छ ।

बङ्गलादेशको एकेआइजे ग्रुप अन्तर्गत प्लाष्टिक डिभिजनले ठूलो संख्यामा आफ्ना कर्मचारीलाई एकै पटक नेपाल भ्रमणमा पठाएको हो ।

बङ्गलादेशभर २ लाख भन्दा बढी कर्मचारी रहेको यो ग्रुपले ‘डिलर एण्ड सेल्स कन्फ्रेन्स’ नाममा यो भ्रमण राखेको हो ।

शुक्रबार १७५ जनाको पहिलो टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल पर्यटन बोर्ड तथा नेपाली पर्यटन व्यवसायीले स्वागत गरेका थिए । उनीहरूलाई पञ्चेबाजाले स्वागत गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस