करारका कर्मचारीलाई स्थायी बनाउने तयारी  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

करारका कर्मचारीलाई स्थायी बनाउने तयारी 


१ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सबै करारमा नियुक्त भएका कर्मचारीहरूलाई स्थायी बनाउने निर्णय गरेको छ । 

बिहीबार नगर कार्यपालिका बैठकले सर्वोच्चको आदेश बमोजिम २०६४ भन्दा अगाडीदेखि महानगरसँग जोडिएका कर्मचारीहरूलाई स्थायी गर्ने कार्यविधि बनाउने निर्णय गरेको हो । 

महानगरका प्रवक्ता नवीन मानन्धरले प्रशासनलाई बताए अनुसार कार्यविधि बनाएर महानगरले करारका अस्थायी कर्मचारीहरूलाई स्थायी बनाउने छ । 

‘‘२०६४ सालसम्म अस्थायी करारमा नियुक्ति भएका कर्मचारीलाई स्थायी बनाउन कार्यविधि बनाउने निर्णय भएको हो, अब कार्यविधि बनाउने तयारी गरिएको छ, ’उनले भने ।’ 

Tags :
प्रतिक्रिया दिनुहोस