कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना,अरू प्रदेशमा के होला ? « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना,अरू प्रदेशमा के होला ?


१ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर  अर्थात् नेपाल निकट रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि सामान्य बदली रहेको छ। गण्डकी र बागमती प्रदेशका एक–दुई स्थानमा  हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू–भागको केही स्थानहरूमा र बाँकी भू–भागको थोरै स्थानहरूमा चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी  प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा–हुरीको समेत सम्भावना रहेको छ। 

आज राति भने कोशी प्रदेश लगायत बागमती  र गण्डकी प्रदेशका पहाडी भू–भागका  केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र गण्डकी  प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस