काठमाडौँ महानगरले भोटेबहाल प्लाजालाई जरिवाना गर्ने « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

काठमाडौँ महानगरले भोटेबहाल प्लाजालाई जरिवाना गर्ने


३२ श्रावण २०८०, बिहिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोटेबहाल प्लाजालाई जरिवाना गर्ने भएको छ ।

महानगरपालिकाको कार्यपालिका बैठकमा वातावरण समितिका संयोजक रहेका वडा नम्बर १२ का अध्यक्ष बालकृष्ण महर्जनले भोटेबहाल प्लाजालाई जरिवाना गर्ने प्रस्ताव पेश गरेका थिए ।

उनको प्रस्तावमाथि महानगरका मेयर बालेन साहले जरिवानाको कार्यविधि अनुसार जरिवाना लिनसक्ने बताएका थिए ।

समितिका संयोजक महर्जनले १० लाख रुपैयाँसम्म जरिवाना लगाउन सक्ने बताएका थिए । महर्जनले गरेको प्रस्ताव कार्यपालिका बैठकले सर्वसम्मत पास गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस