छात्रवृत्तिमा सिफारिस भएका विद्यार्थीलाई कुनै पनि शुल्क लिइए रिपोर्ट गर्न आग्रह « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

छात्रवृत्तिमा सिफारिस भएका विद्यार्थीलाई कुनै पनि शुल्क लिइए रिपोर्ट गर्न आग्रह


३२ श्रावण २०८०, बिहिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीहरूलाई शिक्षण संस्थाहरूले भर्ना शुल्क मागेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कक्षा ११ र १२ मा अध्ययन गर्न काठमाडौँ महानगरपालिकाबाट छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीहरूले शिक्षण संस्थामा कुनै पनि शुल्क बुझाउन नपर्ने भन्दै महानगरले सिफारिस गरेका विद्यार्थीहरूले शुल्क तिर्नुपरेमा जानकारी गराउन भनेको छ ।

ती विद्यार्थीबाट भर्ना शुल्क माग गरेको भन्ने गुनासो प्रति काठमाडौँ महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको भन्दै छात्रवृत्ति भन्नाले कक्षा ११ र १२ मा विद्यार्थीले शिक्षण संस्थालाई भर्ना शुल्क, मासिक शिक्षण शुल्क, कुनै प्रकारको धरौटी र ल्याब/पुस्तकालयबापत शुल्क तिर्नु नपर्ने गरी अध्ययन गर्न पाउने व्यवस्था भन्ने सम्झनु पर्ने महानगरले जनाएको छ ।

यदि कुनै शिक्षण संस्थाले छात्रवृत्तिमा अध्ययनको लागि आउने विद्यार्थीबाट त्यस्ता कुनै शुल्क मागेमा निम्न नम्बरमा सम्पर्क गर्नु महानगरले आग्रह गरेको छ ।

महानगरपालिकाले २०८० साउन २० गते सञ्चालन भएको छात्रवृत्ति परीक्षाको अन्तिम योग्यताक्रमको आधारमा पहिलो भर्ना सूचीमा परेका विद्यार्थीलाई सम्बन्धित शिक्षण संस्थामा भर्ना हुन सिफारिस गरी सकेको छ ।

महानगरले कुनै किसिमको शुल्क लिएमा महानगरको निःशुल्क टेलिफोन नं। १६६००१०५५११, सस्मित पोखरेल ९८४००७१५५५ र नेत्र नारायण पौडेल ९८५११९९९४५ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस