लम्पी स्किन रोगबाट मरेका पशुको क्षतिपूर्ति दिन सकिँदैन : कृषिमन्त्री « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

लम्पी स्किन रोगबाट मरेका पशुको क्षतिपूर्ति दिन सकिँदैन : कृषिमन्त्री


३२ श्रावण २०८०, बिहिबार


काठमाडौँ । सरकारले लम्पी स्किन रोगबाट मरेका पशुहरूको क्षतिपूर्ति दिन नसक्ने बताएको छ ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कृषिमन्त्री डा. बेदुराम भुसालले लम्पी स्किनबाट मृत्यु भएका पशुहरूको क्षतिपूर्ति दिन नसकिपनि राहत भने दिन सकिने बताएका हुन् ।

क्षतिपूर्ति दिन नसके पनि सरकारको तर्फबाट किसानहरूलाई राहत दिने गरी कार्यविधि बनिरहेको उनले बताए ।

‘किसानहरूलाई ठूलो क्षति भयो । क्षतिपूर्ति नै त गर्न सक्दैनौँ होला । अरु अरु सन्दर्भमा पनि क्षतिपूर्ति नै भनेर गर्न सकेका छैनौँ । राहत कमसेकम सरकारको तर्फबाट दिनुपर्छ भन्ने हिसाबले प्रधानमन्त्री ज्युकै उपस्थितिमा बैठक बसेर आधार, मापदण्ड र कार्यविधि लगायतका प्रक्रियालाई अगाडि बढाएका छौँ,’ उनले भने, ‘कार्यविधि पास हुने बित्तिकै राहत दिन्छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस