एमालेको मञ्चमा अब ओलीको मात्रै फोटो राख्ने निर्णय « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

एमालेको मञ्चमा अब ओलीको मात्रै फोटो राख्ने निर्णय


३२ श्रावण २०८०, बिहिबार


काठमाडौँ । नेकपा (एमाले) ले सार्वजनिक कार्यक्रम, मञ्चमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको मात्र फोटो राख्ने भएको छ ।

सोमबार बसेको पार्टी सचिवालयले मञ्च सञ्चालन, प्रयोगसम्बन्धी निर्णय गरेर ओलीको मात्रै फोटो राख्न परिपत्र गरेको उपमहासचिव विष्णु रिमाले जानकारी दिएको छन् ।

कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन पार्टी र जनसङ्गठनहरूले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष बाहेक अन्य फोटो प्रयोग नगर्ने निर्णय गरिएको उनले बताए।

त्यस्तै मञ्चको प्रयोग वक्ताले मात्र गर्ने, अतिथि र वक्ताहरूलाई दर्शकदीर्घामा नै मर्यादित ढङ्गले आसनको व्यवस्था मिलाउने निर्णय भएको उनले बताएका छन्।

कार्यक्रममा ब्याज, माला र खादाको अनावश्यक प्रयोग नगर्ने र कार्यक्रमलाई भड्किलो नबनाउने निर्णय पार्टी अध्यक्ष ओलीले मङ्गलवार नै जानकारी गराएका थिए ।

सम्बन्धित समाचार : आसनग्रहण नगराउने र खादा-मालाको प्रचलन पनि हटाउने एमालेको निर्णय  

Tags :
प्रतिक्रिया दिनुहोस