सरकारले व्यवसायीलाई शत्रुको व्यवहार गर्‍यो, दुःखको बेला झन् दुःख दियो : ओली « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सरकारले व्यवसायीलाई शत्रुको व्यवहार गर्‍यो, दुःखको बेला झन् दुःख दियो : ओली


३१ श्रावण २०८०, बुधबार


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले व्यवसायीलाई दुःख दिएको बताएका छन् ।

एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बुधबार आलीले सरकार व्यवसायीको अभिभावक नभएको आरोप लगाए । 

सरकारले व्यवसायीप्रति शत्रुको व्यवहार गरेको उनको भनाइ छ । उनले भने, ‘अविभावकीय भूमिका भएन । सरकार निस्ठूर भयो, ‘उनले भने, ‘व्यवसायीलाई सहायता चाहिएको बेला झन् दुःख दिएको छ ।’

उद्योगी व्यवसायीलाई तर्साउने काम गरिएको छ । यो गलत हो । क्याप्टेन रामेश्वर थापाको बचाउ गर्दै सरकारले हेलिकोप्टरको भाडा नतिरी उडान बन्द गरिएको पनि उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस