ललिता निवास प्रकरणका आरोपी मालपोतका तत्कालीन प्रमुखसहित २ जना छुटे « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

ललिता निवास प्रकरणका आरोपी मालपोतका तत्कालीन प्रमुखसहित २ जना छुटे


३१ श्रावण २०८०, बुधबार


काठमाडौँ ।  ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका दुई जना छुटेका छन् । उक्त घटनाको अनुसन्धानका लागि हिरासतमा रहेका आरोपीमध्ये दुई जना रिहा भएका प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जनाएको छ । 

यसरी रिहा हुनेमा मालपोत कार्यालयका तत्कालीन प्रमुख धर्मप्रसाद गौतम र समरजङ्ग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरे रहेका छन् । उनीहरूको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर काठमाडौँ जिल्ला अदालतले रिहा गर्न आदेश दिएको हो। अदालतले मुद्दा बुझाउँदा उपस्थित गराउन भनेको छ । 

यसैबीच हिरासतमा रहेका अन्य १८ आरोपीमाथि अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले सिआइबीलाई ५ दिनको समय दिएको छ । विसं २०४९ देखि २०६९ सम्ममा ललिता निवासको सरकारी जग्गा नक्कली मोही बनाएर व्यक्तिका नाममा नामसारी गरिएको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस