प्रधान सेनापति शर्मा र चिनियाँ सैनिक कमान्डका मेजर एन देबीच भेटवार्ता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधान सेनापति शर्मा र चिनियाँ सैनिक कमान्डका मेजर एन देबीच भेटवार्ता


३१ श्रावण २०८०, बुधबार


काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मा र चिनियाँ जनमुक्ति सेनाको तिब्बत मिलीट्री कमान्डका मेजर जर्नल एउई एन देबीच शिष्टाचार भेटवार्ता भएको छ । प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा आपसी चासोका विषयहरूमा छलफल भएको थियो ।

मेजर जर्नल एउई एन देको नेतृत्वमा ८ सदस्यीय सीमा रक्षा प्रतिनिधि टोली आजै नेपाल भ्रमणको लागि आएको हो । उक्त टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपरथी सागर बहादुर थापाले स्वागत गरेका थिए । पाँच दिवसीय भ्रमणको दौरान उक्त टोलीले सैनिक कमाण्ड तथा स्टाफ कलेज, सैनिक सङ्ग्रहालय लगायतका सैनिक ईकाईहरूका साथै काठमाडौँ र पोखरास्थित ऐतिहासिक एवं पर्यटकीय स्थलहरूको भ्रमण गर्नेछ ।

यस किसिमको भ्रमणले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस