सुन प्रकरणमा थप ४ जना चिनियाँ नागरिक पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सुन प्रकरणमा थप ४ जना चिनियाँ नागरिक पक्राउ


३१ श्रावण २०८०, बुधबार


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद भएको सुन प्रकरणमा थप ४ जना पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए।

पक्राउ पर्नेमा टियान मी, वेन टोंग, डिंग सेग्फा र ली नेंगकिया छन्। उनीहरूलाई म्याद थपका लागि बुधबार काठमाडौं जिल्ला अदालतमा लगिएको छ।

योसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या २१ पुगेको छ। गत साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट छुटेको ब्रेक शुभित्र रहेको सुन सिंनामंगलबाट बरामद भएको थियो। उक्त सुन लामो समयसम्म टक्सार महाशाखामा राखिएको थियो।

मङ्गलवार सुन गालेर जोख्दा ६० किलो ७ सय १६ ग्राम भएको थियो। सुरूमा राजश्व अनुसन्धान विभागले अनुसन्धान गरेको यो प्रकरणमा पछि सिआइबीले अनुसन्धान गरिरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस