पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा चक्काजाम « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा चक्काजाम


३१ श्रावण २०८०, बुधबार


काठमाडौँ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै अनेरास्ववियुले बुटवलमा एक घण्टासम्म चक्काजाम गरेको छ । चक्काजामका कारण यात्रुहरू मर्कामा परेका थिए ।

नेपाल आयल निगमले गएरातिदेखि लागु हुनेगरी गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेकपा एमाले निकट अनेरास्ववियुले बुटवल बहुमुखी क्याम्पस अगाडि एक घण्टा चक्काजाम गरेको हो ।

अनेरास्ववियु क्याम्पस कमिटीको आयोजनामा मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बिहान सात बजेदेखि आठ बजेसम्म सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा खण्डमा चक्काजाम गरेको अनेरास्ववियु बुटवल क्याम्पस कमिटीले जनाएको छ । सो क्रममा विद्यार्थीहरूले सरकारविरुद्ध नाराबाजी समेत गरेका थिए ।

नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १४ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस