Logo २८ पुस २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सरकारले भ्रष्टाचारका मुद्दा टुङ्गोमा पुर्‍याएरै छाड्छ : रेखा शर्मा


३१ श्रावण २०८०, बुधबार


काठमाडौँ । सरकारकी प्रवक्ता एवं सूचना सञ्चार प्रविधि मन्त्री रेखा शर्माले भ्रष्टाचारका मुद्दा टुङ्गोमा पुर्‍याउने गरी सरकारले काम गरिरहेको बताइन्।

बुधबार प्रेस सेन्टर दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले राज्य सञ्चालकहरूबाटै विगतमा भएका गल्ती कमजोरीका कारण देशमा सुशासन स्थापना हुन नसकेको बताइन्।

उनले भ्रष्टाचार अन्त्यका लागि सरकार निर्मम ढङ्गले अगाडि बढेको समेत बताइन्। उनले भ्रष्टाचारका ठुला मुद्दामा पूर्व विशिष्ट हरू समेतको नाम आएको र उनीहरूलाई उन्मुक्ति दिने कुरा बजार हल्ला मात्रै भएको समेत स्पष्ट पारिन्।

उनले भनिन्, ‘जोसुकै पार्टीका जुनसुकै व्यक्तिका बारेमा पछि छानविन गर्न र उनीहरूलाई कानुनको दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी राख्दैन।’

उनका अनुसार हिजोका दिनमा को पर्दै छ, भन्ने कुराहरूमा निर्धारण गरिएको देखिन्थ्यो। तर, अहिले त्यस्तो छैन। ललिता निवास र नक्कली भुटानी शरणार्थी प्रकरणको विषयहरू पुराना विषयहरू भएको भन्दै उनले यसमा राज्यको निकायले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको समेत उल्लेख गरिन्।

यस्तै, अनुसन्धान भइरहेको कुराहरू बाहिर ल्याउन राम्रो नहुने भन्दै उनले अनुसन्धान प्रभावित हुने पनि बताइन्।

उनले भनिन्, ‘अहिले हामी निष्कर्षमा पुग्छौँ, भन्ने कुरामा म विश्वस्त छु। अहिले सरकारले मेरो घरको आफ्नै मान्छे भएपनि छोड्दैन, भन्ने नै प्रतिबद्धता गरेको छ। त्यो पनि विश्वास मान्न आधार हो? यस्तै उनले सरकार सञ्चालकहरूले गर्ने गल्ती कमजोरीका कारण व्यवस्थामाथि नै प्रश्न उठ्ने गरेको भन्दै सबैको सहयोगबाट परिवर्तन भएको व्यवस्थाबाट आम नागरिकको अवस्था परिवर्तन गर्न सबै एक भएर लाग्नुपर्ने उल्लेख गरिन्।

‘सबैको साझा स्वरुप हामीले यो व्‍यवस्था परिवर्तन गरेका थियौँ। तर, जनताको अवस्था परिवर्तन हुन सकेन। जनताको अवस्था परिवर्तन हुन नसक्नुको कारणमध्ये हामीले सरकार सञ्चालन गर्दा भएका कमीकमजोरी पनि हुन्। ती सबै कमीकमजोरीलाई आत्मसाथ गर्दै खोज्नुपर्छ’ उनले भनिन्।

उनले लोकतन्त्रको विकल्प भनेको सुदृढ लोकतन्त्र भएको भन्दै संघीय लोकतन्त्रको विकल्प अर्को कुनै निरंकुशता नहुनेसमेत स्पष्ट पारिन्।

यस्तै, उनले अहिले यो व्‍यवस्था नै खराब हो रु भनेर संसद्‌, भित्र बाहिर आवाज उठ्न खोज्दै रहेको भन्दै त्यो बेठिक कुरा भएको समेत बताइन्। उनले भनिन्, ‘हामीबाट जे कमी कमजोरी भएका छन्। ती कमी कमजोरीलाई आधार बनाएर यो व्‍यवस्थामाथि आवाज उठाउने काम भएको छ। गणतन्त्रपछि धेरै सकारात्मक कुराहरू भएयता पनि केही नकारात्मक कुराहरू भएमा ति सबैलाई सच्याउनु पर्छ। अहिलेको व्यवस्थाको विकल्प भनेको सुधार गरिएको लोकतन्त्र नै हो।’

Tags :
प्रतिक्रिया दिनुहोस