५ लाख घुससहित २ कर्मचारी पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

५ लाख घुससहित २ कर्मचारी पक्राउ


३१ श्रावण २०८०, बुधबार


घुस

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीको विष्णुपुर गाउँपालिकाबाट दुई जना कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।

गाउँपालिकाका अपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादवलाई ५ लाख घुससहित अख्तियारको टोलीले पक्राउ गरेको हो ।

वीरेन्द्रकुमार २ लाख रुपैयाँ नगदसहित र लेखापाल टेकनारायण घुस बापत लिएको ३ लाख रुपैयाँको चेकसहित पक्राउ परेका हुन् ।

सोलार बत्ती जडान लगायतको योजनाको भुक्तानी बापत घुस लिएको आरोपमा उजुरी परेपछि इटहरीस्थित कार्यालयबाट खटिएको अख्तियारको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस