अवैध रकमसहित दुईजना चिनियाँ नागरिक पक्राउ « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

अवैध रकमसहित दुईजना चिनियाँ नागरिक पक्राउ


३१ श्रावण २०८०, बुधबार


पक्राउ

काठमाडौँ ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले अवैध रकमसहित दुईजना चिनियाँ नागरिकलाई मंगलबार पक्राउ गरेको छ ।  

चिनियाँ नागरिक गाओ हुई र ताङ जिङसँग रु ३० लाख अवैध रकम फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । 

उनले भने, ‘अवैध रकम फेला परेपछि दुई जनालाई नियन्त्रणमा लिइएको हो, आज विविध कारणले उनीहरूलाई राजस्व अनुसन्धान विभागमा बुझाउन सकिएन, भोलि बुझाइने छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस