आज सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आज सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना


३१ श्रावण २०८०, बुधबार


काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर रहेले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागको एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।

यस्तै, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू-भागको केहि स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरूमा चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस