तस्करीको सुन गालिएपछि जोख्न सुरु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

तस्करीको सुन गालिएपछि जोख्न सुरु


३० श्रावण २०८०, मंगलबार


काठमाडौँ । मोटरसाइकलको ‘ब्रेक सु’ बाट छुट्याएर गालिएको सुन जोख्न सुरु गरिएको छ ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन जोख्न थालिएको हो । आज बिहान साढे १० बजेबाट सुन गालिएको थियो । सुन गालिएपछिको यकिन परिमाण निकाल्न जोख्न सुरु गरिएको महाशाखाकाले जनाएको छ ।

यसअघि हिजो ब्रेक सुबाट सुन छुट्याउने काम भएको थियो । यसरी छुट्याइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल रहेको छ । गालेपछि सुनको मात्रा अझै घट्नसक्ने अनुमान छ । सुन गाल्ने काम सकिएपछि त्यसको गुणस्तर र आर्थिक परीक्षणको काम थालिने बताइएको छ । त्यसका लागि केही दिन लाग्नेछ । त्यसपछि मात्रै सुनको वास्तविक तौल कति छ र कुन गुणस्तरको हो भनेर पत्ता लाग्ने महाशाखाको भनार्ई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस