गठबन्धनको शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गठबन्धनको शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी


२९ श्रावण २०८०, सोमबार


काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी छ ।

पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्नको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको बैठक राखेको बताएको छ ।

बैठकमा काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेताहरू सहभागी छन् ।

बैठकमा संसदमा सुन प्रकरणलाई लिएर भइरहेको संसद अवरोध, भ्रष्टाचारका फाइल खोलेपछि गठबन्धन दलमा बढेको आशङ्कालगायतको विषयमा छलफल भइरहेको जनाइएको छ । सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले निरन्तर संसद अवरोध गर्दै आइरहेको छ ।

यस्तै, ललिता निवास प्रकरणमा नेकपा एसका अध्यक्ष नेपाल र नेसपा अध्यक्ष बाबुराम भट्टराईको नाम जोडिएको छ । नेकपा एसका नेता आजै युरोप भ्रमणलाई छोट्याएर नेपाल फर्किएका थिए ।

यस्तै, सुन प्रकरण माओवादीका नेताहरूको नाम जोडिएपछिको प्रसङ्ग, गौर हत्याकाण्ड, काँग्रेसका सांसद सुनिल शर्मा पक्राउलगायतको विषयमा पनि गठबन्धन दलभित्र तरङ्ग पैदा भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस